असार १३
स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर १ का ६७ वर्षीया महिला र पुतलीबजार नगरपालिका वडा नम्बर ३ कि ६३ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको छ।
Discussion about this post