स्याङ्जाका थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि

33
SHARES
277
VIEWS

असार १३

स्याङ्जाका थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा स्याङ्जाका विभिन्न पालिका र नगरपालिकाका १९ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

केही दिन यता घट्दै गरेको कोरोना संक्रमित सङ्ख्या स्याङ्जामा आज एकै दिन ३९ जनाले थपिएको हो। कोरोना संक्रमणको जोखिम स्याङ्जामा कायमै रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अद्यावधिक विवरणले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार