उँखू ब्लक सन्चालक समितिले गर्याे सर्वजनिक सुनुवाई

30
SHARES
252
VIEWS

कृष्ण अन्जान
रुरु
असार-१४। कुनै पनि क्षेत्रमा पनि अनुदानका लागि काम कि कामका लागि अनुदान भन्ने प्रश्न खडा भएकाे लुम्बिनी प्रदेशसभा साँसद तथा विशेषाधिकार समितिका सभापति कमल राज श्रेष्ठले बताउनु भएकाे छ ।

रुरुक्षेत्र गाउँपालिका ३ र ४ मा सन्चालित प्रधानमन्त्री ककृषि आधुिकि करण परियाेजना अन्तरगतकाे उँखु ब्लक कार्यक्रमले अायाेजना गरेका सार्बजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा बाेल्दै साँसद श्रेष्ठले सधै राज्य सँग हरेक कुरामा आशा राख्ने आशे बानि भन्दा अाफ्नै खुट्टमा उभिन किसानलाई अाग्रह गर्नु भयाे ।

सरकारले उँखु ब्लक स्थापना गरि उँखु गुँड र खुदाे उत्पादनका क्षेत्रमा किसान हरुलाई आत्मनिर्भर बन्न सिकाई रहँदा मात्र सरकारकाे मुख ताक्ने हाेईन गुणस्तरीय उत्पादन गरि त्याे उत्पादनबाट भएकाे आम्दानिले राज्यलाई कर तिरेर याेग्य नागरिक बन्न समेत साँसद श्रेष्ठले सुझाव दिनु भयाे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगतकाे उँखु ब्लक स्थापना भएकाे र थाेर्गेली उँखु गुँड खुदाे उत्पादनले ब्रान्ड कायम गर्न सफल भएकाे बताउनु भयाे ।

उँखु ब्लक क्षेत्रमा सहकारिताकाे माध्यमबाट अगाडी किसान हरुलाई सल्लाह दिँदै अनुदान मात्र हाेईन अनुगमनमा ध्यान दिन उँखु ब्लक सन्चालक समितिलाई अध्यक्ष गौतमले सुझाव दिनु भयाे ।

कार्यक्रम मा अाफ्नाे धारणा राख्दै रुरुक्षेत्र गाउँ पालिका वडा न ३ का अध्यक्ष शेषनारायण पौडेलले उँखु ब्लक क्षेत्रकाे घाेषणाले किसानमा नया जागरुकता अाएकाे र उँखु खुदाे र गुँड उत्पादनमा व्यवसायीकता अाएकाे बताउनु भयाे ।

उँखु ब्लक सन्चालक समितिका तर्फबाट समितिका अध्यक्ष हुतराज गौतमले अार्थिक वर्ष ०७७/०७८मा पुँजि गत तर्फ २० लाख पचहत्तर हजार र चालु तर्फ१४ लाख १६ हजार दुई सय पाँच गरि ३४ लाख ९१ हजार दुई सय पाँच रुपैयाकाे अाम्दानि खर्चकाे बिबरण पेश गर्नु भयाे ।

उँखु ब्लक सन्चालक समितिका अध्यक्ष गौतमका अनुसार याे वर्ष उँखु पेल्ने मशिन मिनिटिलर खरिद खुदाे राख्ने ड्रम खरिद खुदाे पकाउने कराई स्पेयर पम्प ट्रस खुदाे पकाउने चुलाे र अन्य सामाग्री हरु किसानलाई अनुदानमा उपलब्ध सामाग्री उपलब्ध गाराएकाे जानकारी गराउनु भएकाे थियाे ।

सार्वजनिक सुनुवाइमा किसान तथा सराेकारवाला हरुले उठाएका प्रश्नकाे उत्तर दिँदै उँखु ब्लक सन्चालक समितिका अध्यक्ष हुतराज गौतमले किसानका लागि किसानकै सहभागितामा गठित समितिले पारदर्शी रुपमा काम गरेकाे र त्यसैकाे कडि सार्वजनिक सुनुवाइ गरिएकाे बताउनु भयाे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उँखु ब्लक सन्चालक समितिका पदाधिकारी उँखु ब्लक सन्चालक समिति सराेकारवाला विभिन्न सँघ सँस्थाका प्रतिनिधि सन्चारकर्मिकाे उपस्थिति रहेकाे थियाे ।

उँखु ब्लक सन्चालक समितिका सदस्य लेखनाथ ज्ञवालीले स्वागत तथा पत्रकार कृष्ण अन्जान ज्ञवालीले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे सन्चालन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार