शनि, असार १८, २०७९
शनि, असार १८, २०७९

कालीगण्डकीमा टिप्पर दुर्घटना

मीन थापा मगर । स्याङ्जा : १७ असार २०७८
कालीगण्डकी गाउँपालिका स्याङ्जामा टिप्पर दुर्घटना भएको छ । हिजो राति करिब ८:३० बजे वडा नं ४ स्थित बराचौरमा टिप्पर दुर्घटना भएको हो ।

बिर्घाबाट मिर्मी तर्फ आइरहेको बा ३ क २३६५ नं को टिप्पर ब्रेक फेल भएपछि मोटरबाटोबाट करिब ५० मिटर तल खसेको थियोे ।

धारापानी – वैघा सडकखण्ड निर्माणकार्यको लागि निर्माण सामाग्री ओसारपसारमा प्रयोगमा आएको सन्तोषी निर्माण सेवाको टिप्पर गाडी हिट भएपछि ब्रेक फेल भइ दुर्घटनामा परेको हो।

दुर्घटनामा परि चालक र सहचालक घाइते भएका छन्।
धादिङ नुवाकोटका चालक पाण्डव थापाको बायाँ खुटा र निधारमा तथा नवलपरासी नवलपुरका सहचालक सरोज घलेको निधारमा र बायाँ आँखा तथा नाकमा चोट लागेको छ ।

घाइतेहरूको कालीगण्डकी अस्पताल मिर्मीमा उपचार भइरहेको छ । घाइतेहरूको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको अस्पतालका मेडिकल अधिकृत डाक्टर रेशम रानाले बताउनुभएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार