असार -२०
युकेमा रहनुभएका नेपाली दाजुभाइहरुको संस्था कालीगण्डकी सेरोफेरो समाज युके ( गल्याङ देखि रिडि )ले आज कालीगण्डकी अस्पताल कालीगण्डकी स्याङ्जालाई कोभिड उपचारकालागी आर्थिक सहयोग स्वरुप रु २ लाख सत्ताइस हजार चार सय प्रदान गरेको छ।
आज उक्त रकम गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरलाई हस्तान्तरण गरिएको छ।
उक्त समाजका अध्यक्ष प्रेमसिङ राना र हेम थपाको सक्रियतामा रकम संकलन गरिएको हो।
आजै कालीगण्डकी सेरोफेरो समाज युकेले गल्याङ नगर अस्पताललाई रु १ लाख १० हजार र बिर्घा स्वास्थ्य चौकिलाई एक १ लाख १० हजार प्रदान गर्ने कार्यक्रम रहेको छ। यश अघि पनि कालीगण्डकी सेरोफेरो युके समाज ( गल्याङ देखि रिडी सम्म)ले कालीगण्डकी गाउँपालिका वडा नम्बर १ वर्तुङका अग्नि पीडित तुल बहादुर सोमैलाई आर्थिक सहयोग प्रदान गरेको थियो। कालीगण्डकी गाउँपालिकाले कोरोनाको दोस्रो लहर सुरु भए यता संक्रमितको निशुल्क उपचार गर्दै आएको छ। समाजद्वारा प्रदान गरिएको उक्त सहयोग रकमले कालीगण्डकी अस्पताललाई उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Discussion about this post