चुरामणि तिमिल्सिना
पाल्पा- असार -२०। पाल्पाको अर्गलीमा ५ दिने सावुन बनाउने तालिम आजबाट सुरु भएको छ। तालिमको आज औपचारिक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले उद्घाटन गर्नुभयो।
महिला उत्थान समन्वय समिति अर्गली पाल्पाको आयोजनामा सञ्चालन भएको तालिममा ४० जनाले सहभागीता जनाएका छन् ।
कार्यक्रम उद्घाटन सत्रमा समन्वय समितिकि अध्यक्ष सरस्वती गैरेको अध्यक्षता, वडाका अध्यक्ष कमल रानाको प्रमुख आथिय्यता रहेको थियो। यस्तै अतिथि हरुमा वडा सदस्यहरु रमेश न्यौपाने बिष्णु रेग्मी टंकीकला विक र वडा सचिव शंकर प्रसाद पाण्डे रहनु भएको थियो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष रानाले यो ५ दिनको तालिम पछि हरेक महिलाहरुले साबुन निर्माण घर तथा बाहिर बजारिकरण गर्न सकेमा मात्र तालिमको औचित्य पुरा हुने बताउदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
तालिम २५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तालिममा ५ दिन सम्म बिष्णु कार्की थापाले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको हो। आजको कार्यक्रमको सञ्चालन वडा सदस्य सिता ज्ञवालीले गर्नु भएको थियोम
Discussion about this post