स्याङ्जा
असार -२३ स्याङ्जामा प्रहरीलेले दुई हप्ताको अवधिमा २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रतिवादीहरु अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाकी रहेकाहरु मध्येका छन्। असार ७ गते देखि २२ गतेसम्मको अवधीमा स्याङ्जा प्रहरीले जबरजस्ती करणी , लागू औषध , वैदेशिक रोजगार , सवारी ज्यान , नाता कायम , करकाप तथा गाली बेइज्जती लगायतका विभिन्न मुद्दामा र विभिन्न समयमा फैसला भएर लुकिछिपी बसेका २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।
पक्राउ परेका सवैलाई जिल्ला अदालतमा उपस्थित गराइएको र कैद तथा जरिवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा अपराध गर्न प्रोत्साहित हुने भएकोले निगरानी बढाएर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीले जानकारी दिनु भयो।
पक्राउ परेका हरुमध्ये २०३९ साल देखि सवारी ज्यान मुद्दामा फरार रहेका पुतलीबजार नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय मोतिप्रसाद गुरुङ , २०७० सालमा नाबालिकालाई जबरजस्ती गरि ५ वर्ष कैद तोकिई फरार रहेका अर्जुन चौपारी गाउँपालिका वडा नम्बर २ बस्ने ७१ वर्षका मन बहादुर रोकाहा लगायत रहेका छन् ।
Discussion about this post