चुरामणि तिमिल्सिना
असार -२३
गुल्मी अस्लेवामा रोपाइ गर्ने पुरानो प्रविधि लोप हुदै गएको छ ।
सत्यवति गाउँपालिका वडा नम्बर १ मा अहिले ३ दिन यता यता देखि रोपाइको चटारो बढेको कालीगण्डकी कृषि सहकारी संस्थाका व्यवस्थापक मुकुन्द प्रसाद पाण्डेले जानकारी दिनुभयो।
अस्लेवा गाउँमा २०६३ सालमा तुल्सिराम अधिकारीले आधुनिक मेसिन पहिलो पटक भित्र्यायपछि खेतवारिमा मेसिन प्रयोग गरि खनजोत गरिएको स्थानीय खगेस्वर पाण्डेले बताउनुभयो।
अस्लेवा सम्म फाटको रुपमा परिचित ४३ हेक्टर रोपनी खेतमा रोपाइ सबै मेसिनको प्रयोग गरि गर्दै आएको जनता माध्यमिक विद्यालयका शिक्षक तथा स्थानिय बिष्णु प्रसाद पाण्डेले बताउनुभयो ।
यहाँ १९६५ साल तिर स्व.त्रिलोचन पाण्डेको एकल पहलमा घडिपला अनुसार पानी वितरण प्रणालि लागु गरिएको थियो जुन विधि अहिले पनि कायम गरिएको छ ।
त्यो समयमा एक दिनमा करिब ६० हल भन्दा माथि गोरु नारेर रोपाइ गरिन्थ्यो तर अहिले भेगमा १ हल गोरु मात्र रहेको समयनुसार आधुनिक मेसिनको प्रयोग संगै घर घरमा गोरु पाल्न छाडेर आधुनिक मेसिन खरिद गरि कृषि क्षेत्रलाई अगाडी बढाएको स्थानिय तोयनाथ पाण्डेले वताउनुभयो।
उहाँले समयको बचत हुने कम खर्चिलो र लामो समयसम्म काम गर्न पाइएकोले आफुले मेसिन प्रयोग गर्दै आएको बताउनु भएको छ।
Discussion about this post