असार २४
पाल्पामा पहिरोमा परि ५ घर पुरिएका छन् । पहिरोमा परि एक जनाको ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
आज बिहान करिब ४ बजेको समयमा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानी स्थित सिद्वार्थ राजमार्ग छेउमा रहेका घरमाथीबाट पहिरो खस्न जादा ५ वटा घरहरु पुरिएका थिए ।
उक्त पहिरोमा परि तिनाउ गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षीय बिर बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।
गुरुङको शवलाई श्री कल्याणी आ.विमा राखिएको र घाइतेहरु मध्ये ५ जनालाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको सूचना अधिकारी एवम् प्रबक्ता त्वातीले जानकारी दिनु भयो।
दुर्घटनामा परि घाइते हुने हरुको विवरण यश प्रकार रहेको छ।
१. जिल्ला पाल्पा तिनाउँ गा.पा.०५ बर्ष अं.७५ की सुन्दरी गुरुङ (अवस्था गम्भिर, लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत )
२.ऐ,ऐ बस्ने बर्ष २६ को रमेश परियार (अवस्था सामान्य, लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत )
३.ऐ,ऐ बस्ने बर्ष २४ की पुजा परियार (अवस्था सामान्य, लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत )
४.ऐ,ऐ बस्ने बर्ष ५० को बल बहादुर पुन
(अवस्था सामान्य, लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत )
५.ऐ,ऐ बस्ने बर्ष १५ को दिपेश पुन (अवस्था सामान्य, लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत )
६. ऐ,ऐ बस्ने बर्ष २० को आकाश तामाङ (अवस्था सामान्य )
७. बस्ने बर्ष २२ को दिल बहादुर राना (अवस्था सामान्य )
क्षती भएको निम्न घरहरु:-
जिल्ला पाल्पा तिनाउँ गा.पा.- ५ गिट्टिखानी बस्ने अं.४५ को बिर बहादुर गुरुङको १ तले कच्ची घर ।
ऐ,ऐ बस्ने बर्ष २६ को रमेश परियार खरको छानो भएको १ तले कच्ची घर ।
ऐ,ऐ बस्ने बर्ष ३९ को नर बहादुर रानाको १ तले पक्कि घर ।
ऐ,ऐ बस्ने बर्ष २९ को हरी दर्लामीको २ तले कच्ची घर ।
ऐ,ऐ बस्ने बर्ष ५२ को बल बहादुर पुन १ तले कच्ची घर
Discussion about this post