असार -२७
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका दुई जनामा कोरोना भाइरसका नयाँ भेरियन्ट फेला परेको छ।
कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुषमा डेल्टा बि . १.६१७.२ नयाँ कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनु भयो।
गण्डकी प्रदेशकै गोरखा बारपाक सुलिकोट गाउँपालिकका ३ महिलामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको पुष्टि भएको संयोजक शर्माले जानकारी दिनु भयो ।
संयोजक शर्माका अनुसार गण्डकी प्रदेशमा डेल्टा बि. १.६१७.२ को नयाँ भेरियन्ट पहिलो पटक संक्रमण पुष्टि भएको हो। कोरोनाका अन्य भेरियन्ट भन्दा यो भेरियन्ट केही संक्रामक हुने समेत शर्माले जानकारी दिनु भयो।
निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाैं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।
कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ
Discussion about this post