असार -२७
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। संक्रमितको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते उपचारका क्रममा मृत्यु भएको हो।
Discussion about this post