गुल्मीको जनबोध माविद्वारा कृषि प्राविधिक तर्फका विद्यार्थीहरुलाई प्लास्टिक टनेल वितरण

18
SHARES
152
VIEWS

चुरामणि तिमिल्सिना
साउन -२। जनबोध माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका गुल्मीमा कृषि प्राविधिक तर्फका ७२जना बिद्यार्थी हरुलाई १ बिद्यार्थी १ टनेल वितरण कार्यक्रम समन्न भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक अनुदानमा माध्यमिक विद्यालय, एक कृषि विद्यार्थी-एक टनेलसहितको करेसाबारी कार्ययोजना अनुसार प्लास्टिक टनेल वितरण एवम् ओजेटी रकम हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिद्यालयका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथी रहनु भएको थियो। पालिका अध्यक्ष गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै यश बिद्यालयलाई जिल्लाकै नमुना बिद्यालय रुपमा लैजान आफुहरु निरन्तर लागि परेको र आगामी वर्ष बिद्यार्थीहरुको मुल्यांकन गरेर नमुना बिद्यार्थीहरुलाई पालिकाले पुरस्कृत गर्ने हरेक तहबाट बिध्यालयको चौतर्फी बिकासमा आफू निरन्तर लाग्ने बताउनुभयो। यस्तै कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मी देवि पन्थ, निमित्त प्रमुख प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारी , शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारी , विशिष्ट अतिथि रहनु भएको थियो । विशिष्ट अतिथी लक्ष्मी पन्थले यश कृषि शिक्षा अध्यन गर्दै गरेका बिद्यार्थीहरु तथा केही प्राबिधिकको सहयोग लिएर पालिकामा माटो परिक्षण कार्यक्रम सञ्चालन गर्ने हाइटेक नर्सरीको प्रयोग गरि फलफुलका बिरुवाहरु यहि उत्पादन गर्ने र आफ्नो पालिकाभरी मागको आधारमा वितरण गर्न आग्रह गर्नु भयो। हाल यश बिद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक तर्फ ७२ जनाले पठन पाठन गरिरहेको कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष हरी ज्ञवालीले बताउनु भयो। कार्यक्रमको सञ्चालन कृषि प्राबिधिक निर्मल भुसालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार