आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

स्याङ्जामा थप ५० कोरोना संक्रमीत थपिए

साउन १३

स्याङ्जामा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिका र नगरपालिकाका २२ जना महिला र २८ जना पुरुष गरि ५० जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। आज थप ५० जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५०९५ जना पुगेको छ। यस्तै गरि स्याङ्जामा कोरोना संक्रमितको सक्रिय सङ्ख्या ३०२ जना पुगेको छ। लकडाउन खुकुलो पारिए संगै स्याङ्जा लगायत नेपालमा कोरोना संक्रमितको सङ्ख्या निरन्तर उकालो लाग्ने क्रममा रहेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार