बालकृष्ण वाग्ले र पार्वति न्यौपानेको “रातो सारी छड्के” तिलरी”चर्चामा(भिडियो)

79
SHARES
656
VIEWS

काठमाडौं २७ साउन –नेपाली नारिहरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन।यसै क्रम मा गायक एवम् संगीतकार बालकृष्ण वाग्लेको “रातो सारी छड्के तिलरी”बोलको नयाँ तिज गीत सार्बजनिक भएको छ।यश भन्दा अगाडि पनि गायक वाग्लेले आफ्नै स्वर शब्द संगीत मा एल्बम हरु बजारमा ल्याइसकेका छन।

पुन: शनिबार सार्बजनिक गरिएको नयाँ तिज गीत”रातो सारी छड्के तिलरी”ले निकै छोटो समय मै उत्कृष्ट भ्युज सहित दर्सक श्रोताहरुबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ।

धेरै एल्बमहरु बजार मा ल्याइ सकेका स्वर तथा शब्द का धनी,गायक बालकृष्ण वाग्ले स्याङ्जा मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आएका हुन।शनिबार सार्बजनिक गरिएको “रातो सारी छड्के तिलरी” बोलको नयाँ तिज गीत लोकप्रिय गायक बालकृष्ण वाग्ले र गायिका पार्वती न्यौपानेको स्वरमा सजिएको छ ।उक्त गीतमा शब्द संगीत सोयम गायक वाग्लेकै रहेको छ । दिवस थापा मगरले एरेन्ज गरेको गीतलाई खड्क बाजुरेलीले मिक्सिङ गरेका हुन् ।

भाइरल आमा छोरी रिया खड्का र रतिमाया खड्काले अभिनय गरेको यस तिज गीतको भिडियोमा भाइरल खड्काको साथमा सरद एल जिको पनि अभिनय रहेको छ । गम न्यौपानेले निर्देशन गरेको गीतलाई सुभास अम्गाइनले सम्पादन गरेका हुन् ।भिडियोमा भाइरल आमाछोरी रिया र रतिमाया खड्काको साथमा सरद एल जिले कम्मर मर्काएका छन् जुन दर्शकले निकै प्रतीक्षा गरेका थिए । अमर सुनार म्याक्सले यि तीन जनालाई नचाएका हुन् ।

भिडियो समीर रमदमले खिचेका हुन् । गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ ।गीत तिर्सना म्युजिक नामक अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार