सिद्धबाबा पहिरोमा स्याङ्जाका एक जनाको मृत्यु ,अन्य एक जना घाइते

85
SHARES
709
VIEWS

साउन -१९
पाल्पा – हिजो राति करिब ७:२५ बजेको समयमा लु २ च ७३८७ नम्बरको पिकअप जिप सिद्धबाबा मन्दिर नजिकैको पहिरोमा पुरिदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएको छन् । पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च ७३८७ नम्बरको पिकअप जिप पहिरोमा पुरिएको थियो । पहिरोमा परि चापाकोट नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय डिलु थापा र वालिङ नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय आशिष् खाण घाइते भएका थिए । पहिरोमा परि घाइते भएका वालिङका आशिष खाणको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ८:४० बजेको समयमा मृत्यु भएको जिल्लामा प्रहरी कार्यलय पाल्पाले जनाएको छ। घाइते भएका डिलु थापा मगरको सामान्य अवस्थामा प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ। उक्त सवारी दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार