पोखरामा एक जना कोरोना संक्रमितको निधन

30
SHARES
109
VIEWS

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको आज बिहान १०:४० मा मृत्यु भएको हो। मृतक पोखरा महानगर पालिका वडा नम्बर १६ का ८७ वर्षीय पुरुष रहेका छन् । मृतक उच्च रक्तचाप , मधुमेह र मृगौला रोगबाट ग्रसित थिए। यो संगै कोभिड -१९ को कारण पोखरा बिज्ञान प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। गण्डकी प्रदेशमा भने कोरोना संक्रमणको कारण मृत्यु हुने सङ्ख्या सात पुगेको छ। केही दिन यता गण्डकी प्रदेशको पोखरा महानगर पालिकामा कोरोना संक्रमणको दर उच्च रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार