आजबाट कास्की जिल्लाभर निषेधाज्ञ गर्ने घोषणा

46
SHARES
297
VIEWS

आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए ।
अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने र अनावश्यक हिडडुल गर्ने समेत राेक लगाईएकाे छ।
आज बिहान८ बजे बसेको जिल्ला स‌ंकट व्यवस्थापन समिति (सिसिएमसि)को बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको बताए ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तिमा उल्लेख छ ।दुधजन्य ,फलफुल,किराना पसल भने विहान ५ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ने बताएकाे छ । हाल सम्म गण्डकी प्रदेशमा काेराेना संक्रमित संख्या १७३४ पुगेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार