रिडी रुद्रबेणी सडक खण्ड एक सातादेखि अवरुद्ध

30
SHARES
249
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१० गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड बन्द भएको बुधबार ७ दिन पूरा भएको छ ।याडुङ खोला देखि २५ मिटर पर रहेको पहाड तथा ठुला ठुला ढुङ्गा बारम्बार खसेपछी पहिरो पन्छाउन समस्या भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनुभयो।

बुधबार बिहान बाटो अवलोकन गर्न पुग्नु भएका सत्यवति गाउँपलिकाका अध्यक्ष पारीस्वर ढकाल , नेपाली सेना, यस्तै सामाजिक अभियनताहरु लगायतको टोलिले पहिरोको निरीक्षण गरि नेपाली सेनाशीत सहकार्य गरि बम व्लास्टिङ गरि भोलि दिउसो सम्म सडक खुलाइने अध्यक्ष ढकालले जानकारी दिनुभयो। ढकालले सडकको अवस्थामा बिषयमा गृहमन्त्रालय ,यस्तै गुल्मीको जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराय पछी उहाँहरुकै निर्देशनमा यसरी सडक खुलाउन लागिएको ढकालले बताउनुभयो। यता नेपाली सेनाले आजसाझ सम्म ब्लास्टिङको काम सक्ने र भोलि बिहान सडक सरसफाइ गरि दिउँसोबाट सन्चालनमा ल्याउने तरिकाले काम अगाडी बढ्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार