रुरुमा बृहत सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न

22
SHARES
180
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१० गुल्मीको रुरु प्राथमिक स्वास्थ केन्द्र रिडीमा बृहत सामुदायिक स्वास्थ निरुपण ढाइ महिने सिकाइ उपलब्धी गर्ने कार्यक्रमको औपचारिक रुपमा सम्पन्न भएको छ ।

मेडिटेक इन्टनेशल एकेडेमी बुटवलका तेस्रो बर्सका बिद्यार्थीले आयोजना गरेको कार्यक्रममा वडा न १ का वडा अध्यक्ष तथा रुरु प्राथमिक स्वाथ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामलाल बिकको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्राथमिक स्वास्थ केन्द्रका डा. बिकास पन्थी प्रमुख अथिती रहनु भएको थियो । समापन सत्रमा प्रशिक्षाथि बिद्यार्थी पुर्णिामा लम्साल ले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा प्राथमिक स्वास्थ केन्द्रका उपाध्यक्ष चन्द्रलाल कसजु सदस्य रोहित भण्डारी लक्ष्मी ज्ञवाली ,ईलाका प्रहरि कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बम ,सामाजिक अभियन्ता अमुल्य श्रेष्ठ , मेडिटेकका तर्फबाट लक्षमण रायमाझी पत्रकार , प्राथमिक स्वास्थ केन्द्रका कर्मचारी लगायतको सहभागीता रहेको थियो।

१४ जना बिद्यार्थीले रुरु क्षेत्र गाउँपालिका वडा न १ र वडा न २ ग्वादि सम्म शिक्षा, स्वास्थ,, रोजगारी ,आमदानी पेशा ,खानपान ,मृत्युदर धर्म,क्यानसर्को अबस्था, मध्यापान लगायतको विषयमा ३५० घर धुरिमा पुगेर डाटा संकलन गरेको रिपोट तयारी गरि कार्यक्रममा सबै बिद्यार्थीले पालै पालो प्रस्तुतीकरण गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अथिथि डा पन्थीले सिकाइको क्रममा सिकेका हरेक विषयहरुलाई व्यहारमा उतारी लागू गर्न सकेमा सिकाइको औचित्य पूरा हुने बताउनु भयो । कार्यक्रमको सन्चालन बिद्यार्थी दिलिप पराजुलीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार