आज नेपालमा थप ४०८ जना कोरोना संक्रमण थपिए,८ जनाको निधन

22
SHARES
181
VIEWS

१४ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ भने ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेका छन् । जसमध्ये ८ हजार ६१५ जना होम आइसोलेसनमा रहेका छन् भने ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९९, रुपन्देहीमा ५०, कास्कीमा ३६, चितवनमा २९, झापामा २३, सुनसरीमा २२, मोरङमा २१, ललितपुरमा १३ र नुवाकोटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार