पाल्पामा कुलोमा डुबेर एक बालकको ज्यान गयो

12
SHARES
104
VIEWS

मंसिर -११ पाल्पामा दुई बर्षिय बालकको कुलोमा डुबेको कारण मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ३ रजघरा बस्ने दुई वर्षिय बोधराज देवकोटा रहेका छन् । बालक आफ्नै घरको आगनमा खेल्ने क्रममा घर अगाडिको कुलोमा खसेर डुब्न पुगेका थिए। कुलोमा डुबिरहेको अवस्थामा हजुरबुवाले फेला पारेका उनलाई पानीबाट तत्काल निकाली उपचारका लागि रामपुर अस्पतालमा पठाइएको थियो । लामो समयसम्म डुबेर घाइते भएका बालकलाई ६:१० बजेको समयमा उपचारको डाक्टरले मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार