वैघामा अवस्थित नेपाल टेलिकमको टावरमा नेटवर्कको समस्या -मर्मत कार्य तत्काल गरिने

56
SHARES
108
VIEWS


कालीगण्डकी गाउँ पालिका वडा नम्बर ३ स्याङ्जामा राखिएको नेपाल टेलिकमको टावरमा नेटवर्कको समस्या आए पछि स्थानीय बासी प्रभावित भएका छन् । हाल नेपाल टेलिकमले 3G, 4G सेवा दिदै आएकोमा यहाँको टावरले भने 2G सेवा पनि राम्रो सित प्रबाह नगरेको स्थानीयको गुनासो रहेको छ। यो क्षेत्रमा ल्याण्डलाईन फोनले समेत राम्रो सित काम नगरेको स्थानीय बिनोद कुमार श्रेष्ठले बताउनु भयो। यस बारेमा सम्बन्धित निकायलाई जानकारी गराइएको छ। नेपाल टेलिकमको टावरमा देखिएको समस्याको बारेमा जानकारी प्राप्त हुन साथ मर्मत कार्यकोलागी आफुहरुले प्राथमिकता राखेको र मर्मत कार्य छिट्टै अगाडि बढाइने जानकारी नेपाल टेलिकम पोखराका प्रमुख नरेन्द्र महर्जनले बताउनु भयो। उक्त स्थानमा देखिएको नेटवर्कको समस्याको बारेमा नेपाल टेलिकमको कार्यलय गल्याङमा समेेत अवगत गराएको प्रमुख महर्जनले बताउनु भयो। हाल जारी गरिएको निषेधाज्ञाको कारण मर्मत कार्य एक हप्ता भित्र गरिने जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार