रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा सातौ भजन महोत्सव आयोजना गरिने

29
SHARES
239
VIEWS

कार्तिक -१८
रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै सातौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर २२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागिएकोहो ।

सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड प्रजलन, जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कट कृषक सम्मान , असल बुहारी सम्मान , दानवीर सम्मान , दुना टपरी प्रतियोगिता , विभिन्न पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रा.लि. का अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।

भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ ।

साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २हजार र प्रमाणपत्र दुत्तिय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका ४देखि ६ वडा सम्म्का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दीकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा१ का जेष्ठ नगरिक संमान गरिने छ।

साथै सम्पुर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।

रुरुधाम रिडिमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागवत पाठपारायण बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र गाउँपालिकाको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार