भदौ -३ सँगम अधिकारी
स्याङ्जाको गल्याङमा सिंचाईका लागि डिपिआर सुरु हुने भएको छ । हाल सिंचाई भइरहेको ठाउँलाई अझै व्यवस्थित गरी क्षेत्र विस्तार गरिने भएको हो । नगरपालिकामा रहेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता समिति आक्वा क्षेत्रको विस्तारसँगै थप सिंचाईका लागि सरोकारवालाहरु बीच बुधबार गरिएको अन्तरक्रिया कार्यक्रम मार्पmत जानकारी गराइएको हो ।
नगरपालिकाको आयोजनामा सिंचाई मर्मत तथा क्षेत्र विस्तारका लागि सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल भएको हो ।
गल्याङ र पाल्पा जिल्लाका विभिन्न ठाउँमा सिंचाई भइरहेको यस परियोजनाबाट गल्याङ नगरपालिकाका १ मालुङ्गा र वडा नम्बर ९ बेलचौरमा समेत सिंचाई सुविधा थप गर्ने विषयमा अन्तरक्रियामा छलफल भएको थियो ।
यसका लागि विस्तृत परियोजना डिपिआर निर्माण गर्ने निर्णय पनि भएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आक्वाको हाल सिंचाई रहेको क्षेत्रमा कुनै असर नपर्ने गरी क्षेत्र विस्तार गर्न लागिएको बताउनुभयो । उहाँले आक्वा क्षेत्रका वासिन्दाहरुले उपभोग गरिरहेको पानीलाई मात्रै नभएर सिंचाईका लागि थप पानीको विकल्प रहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख अधिकारीले मालुङ्गा तथा बेलचौरमा ठूलो मात्रामा खेतीयोग्य जमिनले सिंचाई नपाएकाले डिपीआर निर्माण गरी काम सुरु गर्नुपर्ने बताउनुभयो ।
यसका लागि लागि स्थानीय जनता नै जागरुक हुनुपर्ने नगरप्रमुख अधिकारीको भनाइ छ ।
सिंचाई योजनाका लागि बजेटको कुनै कमी हुन नदिने र प्राविधिक मुल्याङ्कन गरी काम सुरु भएपछि विभिन्न निकायमा समन्वय गरिने नगरप्रमुख अधिकारीको भनाई छ ।
Discussion about this post