पाँच घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

21
SHARES
178
VIEWS

धनगढी, ९ मंसिर

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ ।

ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बल पूर्वक सडक सुचारु गराइएको छ,’ प्रहरी प्रमुख अधिकारीले भने,‘महिलाको शव टीकापुर अस्पतालमा राखिएको छ, भोलि थप छलफल हुने छ ।’

बिहीबार दिउँसो १२ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्डमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले १२ बजे देखि नै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए । आन्दोलित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार