गाेलाप्रथाबाट चुनिइन् विद्यार्थी नेता लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि

15
SHARES
127
VIEWS

ओखलढुंगा, १० मंसिर

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारकाे मत बराबर भएपछि गाेलाप्रथाबाट निर्णय लिइएकाे छ । समावेशी काेटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए ।

दुईमध्ये एक छान्न कतिले पुन: मतगणना गर्ने उपाय सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गाेलाप्रथा गरेर निर्वाचित गराउने विधि बताए । गाेलाप्रथा गर्दा लुइँटेलकाे भागमा निर्वाचितकाे चिठ्ठा पर्‍याे । र, उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन् ।

तस्विर: गाेलाप्रथाबाट महाधिवेशन प्रतिनिधि अर्चना लुइँटेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार