कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी

16
SHARES
130
VIEWS

खोटाङ, १० मंसिर

नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । कांग्रेसको सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढी मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणामअनुसार विष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । पौडेल समूह निकट राईको सिंगो प्यानल नै विजयी भएको छ ।

नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्वसभापति एवं महासमिति सदस्य हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गरेका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति चुनिएका थिए ।

यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका राई २०७२ सालमा महासमिति सदस्य बनेका थिए । कानुनमा स्नातक उनी ६ असार २०४९ देखि ५ वर्ष तत्कालीन जिल्ला विकास समिति खोटाङको सभापति बनेका थिए ।

साहित्यमा उनी विष्णु आभूषणका रूपमा चिनिन्छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् ।

राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् ।

यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार