नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित

21
SHARES
171
VIEWS

इलाम, ११ मंसिर

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् ।

खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए । १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए ।

खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेदवार हुन् । आचार्य भने संस्थापन इतर समूहमा थिए ।

१४औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए । डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले गठबन्धन गरेर खड्कालाई सघाएका थिए भने आचार्य गठबन्धन बिना आफ्नै प्यान बनाएर चुनावमा होमिएका थिए । संस्थापन समूहका खड्कालाई सघाएका हिमालय कर्माचार्य भने पौडेल पक्ष निकट मानिन्छन् भने थापा देउवा निकट नै हुन् ।

उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमारी लिम्बु दाहाल निर्वाचित भएका छन् । देवानले ८७४, दाहालले ७७८ मत प्राप्त गरिन् उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट निर्वाचित भएका हुन् । उपसभापतिमा पराजित केदार थापाले ७४७ मत र होम दुलालले ६९९ मत पाएका छन् । उनीहरू दुवै जना खड्का नेतृत्वको गठबन्धनबाट उपसभापतिका प्रत्याशी थिए ।

सचिवमा पूर्णप्रसाद गौतम र निरोज खड्गी निर्वाचित भए । गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरे । गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको गठबन्धनबाट सचिव निर्वाचित भएका छन् । सचिव पदका प्रत्याशी विष्णु कार्कीले ७२२ र हुकुमलाल थेवेले ७१५ मत पाएका छन् । कार्की भेषराज आचार्य प्यानलबाट र थेवे खड्का नेतृत्वको गठबन्धनबाट सचिव पदमा चुनाव भिडेका थिए ।

सहसचिवमा भने डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी चुनिएका छन् । ८६५ मत र सुवेदीले ७८१ मत पाएका छन् । कार्की खड्का नेतृत्वको गठबन्धन र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन् । सहसचिवमा पराजित चक्र एक्तेन अभिषेकले ६६५ र ६३४ मत पाएका छन् । इलामबाट अपाङ्गता भएको व्यक्तिहरूको कोटाबाट माधव चम्लागाईं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । चम्लागाईंले ८५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी किशोर कुमार कार्कीले ३५९ र रविचन्द्र अधिकारीले २४२ मत पाएका छन् ।

जिल्ला सदस्यहरूको मतगणना जारी छ । जिल्ला सदस्यमा नौ जना सर्वसम्मत भएका छन् । पालिकाहरूबाट चयन हुने अधिकांश महिला सदस्य र केही पुरुष सदस्य जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् । देउमाई नगरपालिकाबाट सावित्रा देवी श्रेष्ठ, माइनगरपालिकाबाट राधिका कार्की, चुलाचुलीकी विन्दादेवी बस्नेत, माइजोगमाईकी राममाया लिम्बु, सन्दकपुरकी सविता गुरुङ्ग, इलाम नगरपालिकाबाट रिना घिमिरे, सूर्योदय नगरपालिकाकी रजनी मुखिया महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै चुलाचुलीका गणेश प्रसाद फागो, माङसेबङ्गुका नन्दकुमार राई जिल्ला सदस्यमा निर्विरोध भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार