स्याङ्जाका पहिरो पीडित परिवारलाई नौ लाख भन्दा बढी राहत रकम प्रदान

217
SHARES
100
VIEWS

कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ बिर्घामा गत असार ३० गतेको भीषण पहिरोमा परि ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरूले पठाएको नगद राहत प्रदान गरिएको छ। ९ लाख बढी नगद रकम राहतस्वरुप प्रदान गरिएको छ ।
कालिगण्डकी सेरोफेरो समाज बेलायत (यूके) बाट ५ लाख ६६ हजार २ सय २० र आलमदेवी सेरोफेरो समाज हङकङबाट ३ लाख ७६ हजार ५ सय ६० रुपयाँ नगद राहतस्वरुप पठाएको नेपालमा समन्वय गरेका स्थानीय शिक्षक दर्शन रानाले बताउनुभयो । पहिरोमा पुरिएर मृत्यु र घाइते भएका तथा पहिरोले विस्थापित भएका परिवारलाई प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष साबीत्रा कोइरालाले पीडित परिवारको टोलमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार