कांग्रेस महाधिवेशन : नरेन्द्रकुमार केरुङले गरे केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घाेषणा

15
SHARES
128
VIEWS

पाँचथर, १४ मंसिर

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीकाे १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिने भएका छन् ।

दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गरेका केरुङले महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन् । “दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरेकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रूपमा आफूलाई अगाडि सारेको छु । सबै प्रतिनिधिहरूले माया गर्नु हुन्छ भन्ने विश्वास लिएको छु”, केरुङले भने, “लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा अथक प्रयास गरेको छु ।”

केन्द्रीय सदस्यको उम्मेद्वार बनेपछि निर्वाचन तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौंसहित महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटका लागि सोमबारबाट अभियान प्रारम्भ गरेको केरुङले जानकारी दिए ।

कांग्रेस पाँचथरको सभापति बनेपछि केरुङ दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र नंं. क बाट उम्मेद्वार समेत बनेका थिए । जिल्ला कार्यसमितिमा दुई कार्यकाल सहसचिवको जिम्मेवारी निभाएपछि केरुङ काँग्रेसको १२औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनिएका थिए । त्यसअघि केरुङ ट्रेड युनियन कांग्रेस पाँचथरको तीन कार्यकाल सभापति बनेर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार