बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने

14
SHARES
114
VIEWS

काठमाडौं, १५ मंसिर

बाल साहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज र ‘रुम टु रिड’को आयोजनामा भएको कार्यशालामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता थियो । सहभागीले नेपालमा बाल साहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजनाको खाका निर्माण गरेका थिए । कार्यशालामा आआफ्नो क्षेत्रमा विज्ञ सात विधामा विभाजित समूहले कार्यपत्र प्रस्तुत गरेको थियो ।

बालसाहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशील क्षमताको विकास, बालपुस्तकको उपलब्धता,व्यवस्थापन र प्रयोग, बालसाहित्य र पाठ्यपुस्तकबीचको समन्वय, बालपुस्तकको वितरण बजार, स्थानीय स्तरमा बालसाहित्यको प्रयोग र स्थानीय निकायकाे भूमिका, बालसाहित्य सिर्जना र सञ्चार माध्यममा बालसाहित्य गरी सात समूहमा विभाजित समूह विषेशज्ञले आवश्यक योजनाको खाका तयार पारेका थिए ।

नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा बालबालिकाका लागि आवश्यक रुचिकर विधा नै ओझेलमा परिरहेको सन्दर्भमा बाल साहित्यको विधालाई स्थापित गर्न र बालबालिकालाई पढ्ने बानीको विकास गर्न यो कार्यशाला उपयोगी रहेको प्रा.डा. चुडामणि बन्धुले बताए ।

कार्यशाला गोष्ठीबाट तयार भएको पञ्चवर्षीय योजनाको खाकालाई चाँडै अन्तिम रूप दिएर सरकारलाई बुझाइने नेपाल बालसाहित्य समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार