कोटाकोट आधारभूत बिद्यालयको ५७ औं वार्षिकोत्सब समारोह सम्पन्न

54
SHARES
452
VIEWS

पुस -५

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडामा अवस्थित श्री कोटाकोट आधारभूत बिद्यालयले ५७ औं वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ। आज बिद्यालय प्राङ्गणमा सम्पन्न भएको वार्षिकोत्सब समारोहमा बिद्यालय वार्षिक प्रतिबेदन , छात्रवृत्ति तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्न सफल बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको बिद्यालयका प्र. अ . प्रथ थापामगरले जानकारी दिनु भयो। कार्यक्रमको दौरानमा बिद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। बिद्यालयमा स्थापना गरिएको रु ३ लाख भन्दा बढीको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको प्र. अ. थापाले कालीगण्डकी पोष्टलाई जानकारी दिनु भयो। कार्यक्रमको संचालन शिक्षक किसान गाहा मगरले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार