चुरामणि तिमिल्सिना
पुस -१२ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ। तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पा निवासी राजेश रजककी ३१ बर्षिय धर्मपत्नी भिमा पुनको गत असोज २० गते कोरनाका काराणले मृत्यु भएको थियो ।
सिटिजन लाइभ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यलय बुटवलको टोलीले मृतकका श्रीमान राजेश रजकलाई औपचारिक कार्यक्रमका साथ रु १० लाखको चेक हस्तान्तरण गरेको हो ।
कम्पनी लि बुटवल शाखाका प्रमुख पुर्ण चन्द्र सुबेदिले कार्यक्रम माथी प्रकाश पार्दै स्वागत गर्नु भएको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिक प्रमुख अथिती रहदै जिवनको अन्तिमसम्म मात्र नभइ परिवारको मृत्यु पछी पनि बिमाले परिवारलाई कल्याण गरेकोले सबै महान भावहरुलाई कुनै न कुनै बिमा कम्पनीमा आबद्धता जनाउन आग्रह गर्नु भयो।
क्षेत्रीय कार्यलय बुटवलका दुर्गा राज ढकालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडा न १४ कि वडा सदस्य सीता ज्ञवाली रुरु गाबिसका पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु , उद्योग वाणिज्य संघका सुबर्ण लाल कक्षपती , कम्पनी स्टार राजेएह थापा , एजेन्सी रिता पाण्डे , सुरक्षा निकाय पत्रकार महिला समुहका तर्फबाट धना राना सहयोगी भिम ढेंगा नवीन रजक वित्तीय संस्थाका मान बहादुर रावल नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायतले मन्तव्य राख्नु भएको थियो।
Discussion about this post