चुरामणि तिमिल्सिना ,पाल्पा-पाल्पाको अर्गलीमा सात दिने चिप्स , दालमोट, नमकिन तथा भुजिया बनाउने तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका जल श्रोत उर्जा तथा सिचाइ मन्त्री वीर बहादुर रानाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रानाले हरेक महिलाहरु अबको समयमा व्यबसायीमुखि बनि आय आर्जनमा वृद्धि गर्न आग्रह गर्दै तालिममा सिकेका व्यवहारिक ज्ञानलाई अगाडी बढाउनुपर्नेमा जोड दिनु भयो।कार्यक्रममा तानसेन नगरपालिका वडा नं १४ का वडा अध्यक्ष कमल राना , घरेलु तथा साना उधोग कार्यालय पाल्पाका उधम बिकास सहज कर्ता मजोज घिमिरे , खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ विशिष्ट अतिथी रहनु भएको थियो।
जनप्रतिनिधि , बितिय संस्थाका प्रमुखहरु ,राजनैतिक दलका प्रमुखहरु , पत्रकार , सुरक्षा निकाय ,महिला समूह , आमा समूह लगायतको आतिथ्यता रहेको थियो । सात दिन सम्म सन्चालन हुने कार्यक्रमको घरेलु तथा साना उधोग कार्यलय पाल्पाले आयोजना गरेको हो । यस्तै तानसेन नगरपालिका वडा नं १४ अर्गली र नेपाल आदिबासी जनजाती गाउँ उत्थान समन्वय समिती पाल्पाले समन्वय गरेको हो । कार्यक्रममा सुमित्रा रानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सन्चालन कृष्ण थापाले गर्नुभएको थियो।
Discussion about this post