चुरामणि तिमिल्सिना
पुस -२६ पाल्पा अर्गलीमा छोटो समयको प्रशिक्षण कार्यक्रम लगत्तै निमिषा खाद्यको औपचारिक समारोहका बीच तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल रानाले कार्यक्रममा प्रमुख अतिथी रहदै ब्यानर अनावरण गरि उधोगको उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै अध्यक्ष रानाले यस क्षेत्रमा पहिलो पटक उधोग सन्चालन भएकोले निरन्तर रुपमा संचालन गर्न तानसेन नगरपालिका पाल्पाबाट आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने, खाद्य उद्योग संचालनलाई दीर्घ रुप दिन आग्रह गर्दै थप तालिमको सहजीकरण गर्ने बताउनु भयो। उद्योग संचालिका सुमित्रा रानाको अध्यक्षता रहेको कार्यक्रममा बिशिस्ट अतिथी नेपाल उधमि पाल्पाकी अध्यक्ष सुनिता राणा रहनु भएको थियो। यस्तै उहाँले कार्यक्रममा शुभकामना राख्दै तालिम पछी व्यहारिक ज्ञानलाई उधोगमा परिवर्तन गर्नु भएकोमा संचालक प्रती खुशी ब्यक्त गर्दै उद्योगको प्रगतिको लागि जिल्लाबाट सबै सहयोग उपल्ब्ध गराउने बताउनुभयो।
कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु जनप्रतिनिधि , महिला समुह समाजसेबि त्रिभुवन माध्यमिक बिध्यालयका शिक्षकहरु, पत्रकार , सुरक्षा निकाय विभिन्न संघ संस्थाका प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।
उद्योगमा आलु चिप्स दालमोट भुजिया नमकिन विभिन्न प्रकारका अचारहरु उत्पादन हुँदै आएको संचालक निर्मल रानाले जानकारी दिनुभयो कार्यक्रमको संचालन कृष्ण थापाले गर्नु भएको थियी।
Discussion about this post