स्याङ्जामा लागुऔषध गाँजा सहित एक जना महिला पक्राउ

23
SHARES
188
VIEWS

पुस -२७
स्याङ्जामा प्रहरीले लागुऔषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ । जिल्लाको फेदीखोला गाउँपालिका वडा नम्बर १ सर्केटारी बस्दै आएकी ४३ वर्षीया लक्ष्मी गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। प्रहरी कार्यलय स्याङ्जाका अनुसार २६ गते बेलुका ५ बजेको समयमा पक्राउ गरिएको लक्ष्मी गुरुङको साथबाट २ किलो ८०० ग्राम गाँजा फेला बरामद गरिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार