कालीगण्डकी पोष्ट संवाददाता
पुस२८, स्याङ्जा
स्याङ्जाको भिरकोट नगरपालिका सवारी दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
बुटवलबाट आउदै गरेको ना ५ ख ३८१४ नम्बरका बसलाई सोही दिशाबाट आउदै गरेको ग१ ख ९३७४ नम्बरको बसले ठक्कर दिएको हो । घाइते हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका ११ मायाटारी बस्ने २८ वर्षीय बस चालक शेर बहादुर सार्की, स्याङ्जा अजुनचौपारी गा. पाका रेशमलाल काफ्ले,काठमाडौंका अच्युत कार्की,कास्की पोखरा म. न पाका २९ वर्षीय सुमन बोहोरा र स्याङ्जा भिरकोटका ६३ वर्षीय मोती प्रसाद रेग्मी रहेको प्रहरीले जनाएको छ ।
घाइते ५ मध्ये बस चालक , रेशमलाल र अच्यूत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनिहरुलाई उपचारको लागि पोखरा पठाइएको छ ।
Discussion about this post