कालीगण्डकी अस्पतालमा क्यूआरकोडबाट शुल्क तिर्न सकिने

44
SHARES
368
VIEWS

स्याङ्जाको कालीगण्डकी गाउँपालिका द्वारा संचालित कालिगण्डकी अस्पतालमा क्यूआर कोड भुक्तानी सेवा सुरु भएको छ । प्राईम कमरसिएल बैंक लि . कालीगण्डकी शाखाद्वारा कालीगण्डकी अस्पताल र कालीगण्डकी अस्पताल फार्मेसीलाई (QR) क्यूआर कोड हस्तान्तरणको लागी औपाचारिक कार्यक्रम बिच सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका अधक्ष्य तथा प्रमुख अतिथी खिम बहादुर थापाले QR कोडमा निकै प्रथामिकता
दिई प्रबिधी मैत्री गाउँपालिकाको बिषयमा प्रष्ट पार्नुभयो । कार्यक्रममा बिषेस अतिथीहरु मा वडा ७ का अधक्ष्य ,मिर्मी बहुमुखी क्याम्पसका प्रमुख्,शिक्षा शाखा प्रमुख्, स्वास्थ शाखा प्रमुख्,साथै अन्य ब्यासायिक ब्यक्तित्वहरुको उपस्थिति
रहेको थियो ।
बैंकका शाखा प्रमुख लेखनाथ आचार्यले QRCode को प्रयोगले समय र श्रमको बचत गरी नगद कारोवारलाई निस्कृय गर्ने भएकाले यो महामारीको समयमा कोभिड सन्क्रमणको जोखिमलाई पनि न्युनिकरण गर्ने बताउनु भयो । कार्यक्रममा बैंकका कर्मचारीहरु सन्तोष पौडेल र खेमन झेडिले
QRCode को महत्व बारे प्रकास पार्नु भएको थियो । कार्यक्रमको संचालन बैंकका कर्मचारी टिका भण्डारीले गर्नु भएको थियो । कालिगण्डकी गा. पा. मा रहेको प्राईम कमरसिएल बैंक लि . ले सो क्षेत्रमा बिभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार