माघ -७
तेस्रो लहरको कोभिड संक्रमणको जोखिम उच्च रहेको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा ७ मिर्मीमा आयोजना गर्ने भनिएको पुरुष भलिबल प्रतियोगिता स्थगित गरिएको छ।
नव मिर्मिरे क्लबका अध्यक्ष छवि किरण भट्टराईका अनुसार कोभिडको तेस्रो लहरको जोखिम उच्च रहेका कारण उद्घोषित खेल स्थगित गर्नु परेको बताउनुभयो । परिस्थिति सामान्य हुँदै गए पछि स्थगित खेल संचालन गरिने समेत अध्यक्ष भट्टराईले बताउनु भयो। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा हाल सम्मकै सर्वाधिक राशी पुरस्कार राशी रहेको उक्त प्रतियोगिता माघ १२ गतेबाट सुरु गरिने मिति तय गरिएको थियो। कालीगण्डकी गाउँपालिकामा समेत केही व्यक्तिहरुमा कोभिड संक्रमणको पुष्टि भएको छ।
Discussion about this post