बुध, जेष्ठ ११, २०७९
बुध, जेष्ठ ११, २०७९

स्याङ्जामा २७ महिनाकी बालिकालाई मारेको आरोपमा एक जना पक्राउ

माघ-११
स्याङ्जामा २७ महिनाकी बालिकालाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पकाउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ७ वस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आरोपित ढकालले आफ्नै सहोदर भाइको छोरी २७ महिनाकी सुबिना ढकाललाई ज्यान मार्ने मनसायले दुबै खुट्टामा समाएर टाउकोको भाग पटक पटक जमिनमा पछारी अचेत पारेर छाडेका थिए ।

अचेत अवस्थामा रहेकी बालिकालाई रामपुर अस्पताल पाल्पामा लगिएको अस्पतालले मृत घोषणा गरेको प्रबक्ता अधिकारीले जानकारी दिनु भयो ।

पश्चिमाञ्चल अस्पताल पोखरामा मृतक बालिकाको शव पोष्टमार्टम पश्चात् आफन्तलाई बुझाएइको छ। आरोपित बासुदेव ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार