कालीगण्डकी गाउँ पलिकाका २३ जनाको पिसिआर नेगेटिभ

100
SHARES
103
VIEWS

जि.के. पाण्डे (भाद्र -९)स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका २३ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ। कालीगण्डकी गाउँ पालिकाका धेरै जनाको सम्पर्कमा आउने व्यक्तिहरुको स्वाब पाँच दिन अगाडी सङ्कलन गरिएको थियो। विशेष गरि अत्यावश्यक सवारी साधनका चालक , व्यापारी , क्वारेन्टिनमा खटिएका लगायत धेरै व्यक्तिहरुको सम्पर्कमा आउने व्यक्तिहरुको पिसिआर विधि मार्फत गरिएको परिक्षणको नतिजा आज नेगेटिभ आएको जानकारी कालीगण्डकी गाउँ पालिकाका स्वास्थ्य शाखाका प्रमुख पदम प्रसाद पाण्डेले दिनु भयो। हाल सम्म कालीगण्डकी गाउँ पालिकामा २० जना कोरोना संक्रमितको पुष्टि भएको छ। जस मध्य १९ जनाले कोभिड -१९ लाई जितेर घर फर्की सकेका छन् । २३ जनाको पिसिआर नतिजा नेगेटिभ आए संगै स्याङ्जामा भने कोरोना संक्रमण समुदाय स्तरमा नफैलिएको निष्कर्ष निकालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार