सुन्तला बेचेर ५ करोड गाउँमा आम्दानी भित्रिदै ।

20
SHARES
169
VIEWS

गण्डकी प्रदेशमा नै स्वादिलो सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यस वर्ष सुन्तला बिक्री गरेर झण्डै पाँच करोड रूपियाँ गाउँमा भित्र्याउन सफल भएका छन् । अनुकूल मौसम र बजार भएका कारण यस वर्ष सुन्तला उत्पादनबाट गाउँमा ५ करोड रूपियाँ भित्र्याउन किसान सफल भएका हुन् । बाँसखर्कमा २ सयभन्दा धेरै परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।

बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीका अनुसार यस वर्ष ५ करोड रूपियाँ बराबरको सुन्तला बिक्री भएको छ । अघिल्लो वर्ष सुन्तला बेचेर तीन करोड भित्रिएको थियो ।तर, यसपटक सुन्तलाको उत्पादन राम्रो भएकाले ५ करोड भित्रिएको उहाँको भनाइ छ । यहाँका कृषकले बाँसखर्कमा बोटबाटै प्रतिकिलो १३० देखि १५० रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । सुन्तला स्वादिलो हुने र माघ लागेपछि मात्रै बिक्री हुने भएकाले पोखरा, मुग्लिन र नारायणगढलगायतका बजारबाट व्यवसायी गाउँमै पुगेर खरिद गर्दै आएका छन् । ‘देशैभरबाट बाँसखर्कको सुन्तला माग हुने गरेकाले माग पूरा गर्नै सकिएको छैन ।’उहाँले भन्नुभयो– ‘अझै खेती बिस्तार गरेर मागअनुसार उत्पादन बढाउन जरूरी भइसकेको छ । सुन्तला खेती बढेसँगै यहाँका कृषकले उब्जाउ खेतमा पनि बगैंचा बनाएका छन् । खेतबारी नै सुन्तला बगैंचा बनेपछि बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन ।’

किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य बाली बनाएका छन् । ‘सुन्तला बेचेर न्यूनतम पाँच लाख रूपियाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्, अध्यक्ष खत्रीले भन्नुभयो, बढीमा १९ लाख रूपियाँसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन् । उहाँले यस वर्ष झन्डै १३ लाख रूपियाँ आम्दानी गरेको सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्तला बिक्री गर्नुभएको छ । उहाँले यस वर्ष झन्डै १६ लाख रूपियाँ आम्दानी हुने बताउनुभयो । सुन्तलाको कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उहाँका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा गएको तीन वर्षअघि ६७ लाख खर्चिएर शीत भण्डार केन्द्र सञ्चालन गरिएको छ । शीत भण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेमौसममा बिक्री गर्न सहज भएको स्थानीयबासी कल्पना खत्रीले बताउनुभयो । तर, धेरैजसो सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उहाँको भनाइ छ । नेपाल समाचारपत्र बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार