कवि चारघरे ठिटोको “अनुत्तरित प्रश्नहरु” बिमोचित

30
SHARES
247
VIEWS

माघ -२४
युवाकवि चारघरे ठिटोको कविता संग्रह ‘अनुत्तरित प्रश्नहरु’ बिमोचित भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीद्वारा पोखरामा आयोजित एक कार्यक्रममा सो पुस्तकको बिमोचन भएको हो ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश श्रेष्ठले पुस्तकको बिमोचन गर्नु भएको हो । उहाँले राष्ट्रसेवकका रुपमा कार्यरत चारघरे ठिटोलाई सफल साहित्यिक यात्राको कामना गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अजित उत्सवले कवि चारघरे ठिटोलाई सम्भावना भएका कविका रुपमा चित्रित गर्नुभयो । उहाँले सगरमाथा साहित्य प्रतिष्ठान देश बिदेशमा रहेका सबै पुस्ताका सर्जकलाई एक आपसमा जोड्ने र साहित्यको एकीकृत उत्थानका लागि क्रियाशिल रहेको बताउनु भयो । उहाँले प्रतिष्ठानले आगामी दिनमा प्रकाशनगृह सन्चालन गरेर अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो । कवि/गजलकार दीपक समीपले कवि चारघरे ठिटोलाई संक्षिप्त शुभकामना मन्तब्य दिनु भयो । अनुत्तरित प्रश्नहरुका सर्ज चारघरे ठिटोले आफू साहित्यमा बामे सर्दै सरेको बालक भएकाले सबैको मायाको अपेक्षा गरेको बताउनु भयो ।

कार्यक्रमको स्वागत युवा कवि रोशन तिमिल्सिनाले गर्नु भएको थियो भने कवि माधव खतिवडाले अनुत्तरित प्रश्नहरु कविता संग्रहबाट एउटा कविता वाचन गर्नुभएको थियो । पुस्तकमाथी युवा कवि/समिक्षक टुकादेवी आचार्यले समीक्षा गर्न भयो । कार्यक्रमको सभापतित्व सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीका अध्यक्ष शम्भु अर्यालले र सन्चालन सचिब लिली अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार