साझेदारी लगानीमा बन्यो वडा कार्यालयको भवन

25
SHARES
207
VIEWS

काठमाडौं । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख रुपैयाँलागतमा वडा भवन निर्माण गरिएको हो ।

स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको बताए ।

वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गर्दै आइएको छ । वडाका सबै क्षेत्रका बासिन्दालाई मध्यबिन्दु पर्ने गरी वडा कार्यालय स्थापना गरिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले सेवा लिन कठिनाइ भोग्नुपरेको छ ।

सबै क्षेत्रमा सडक सञ्जाल नपुगेकाले कम्तीमा चार घण्टादेखि साढे पाँच घण्टासम्म हिँडेर वडामा आएर सेवा लिनुपर्ने दयनीय अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार