गल्याङ नगरको मेयरमा दुई भट्टराईकै चर्चा

20
SHARES
167
VIEWS

अबिशेक शर्मा
बैशाख ३० मा हुन लागेको स्थानियतहको चुनावले यतिबेला गाउँ देखि केन्द्रसम्म माहोल तातेको देखिन्छ । देशभर एकैपटक हुन लागेको ७५३ स्थानीयतहको चुनावले नेता कार्यकर्ता देखि आम सर्वसाधारणमा एक प्रकारको जिज्ञासा पैदा गरेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेता कार्यकर्तालाई यस पटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ भने नेतृत्व पाइसकेका राजनीतिक दलले आफ्नो निरन्तरताको लागि पाँच बर्षमा गरेका काम कारबाहीको समिक्षा गर्दै आगामी दिन पुन नेतृत्वमा पुग्ने रणनीति बुनेको देखिन्छ । कतिपय स्थानीयतहमा राजनीति दलको हावीले आजित बनेका जनता भने अबको नेतृत्वले साच्चिकै हाम्रो हितमा काम गर्ला भन्ने दोधारमा परेको पाइन्छ । जनप्रतिनिधिको आर्थिक हिनामिना तथा साधन श्रोतको मनोमैजिले आजित बनेका जनता ती जनप्रतिनिधिलाई बिदाइ गर्न आतुर देखिन्छन् भने साच्चिकै जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई नेतृत्वबाट हटाए संगै अब कस्तो नेतृत्व आउने भन्ने त्राश पनि जनतामा भेटिन्छ । यसै मेसोमा गल्याङको आउदो नगर प्रमुख को बन्ने भन्ने चर्चा चिया पसल देखि किसानको खेतबारिमा समेत हुने गरेको छ । गल्याङ नेपाली काङ्ग्रेसमा भने भट्टराईहरुको बर्चस्व र सक्रियताले अब आउने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फ बाट दुई भट्टराईको चर्चा व्यापक रहेको पाईन्छ । नगर भित्र जनमत रहेको जनताको काममा २४ सै घण्टा खटिन सक्ने र आफ्नो पाटी भित्र पनि अधिक रुचाईएका नेताहरु हुन गुरु प्रसाद भट्टराई र महेश भट्टराई । नाताले यी दुई दाबेदार एकै पारिवारका काका भतिज हुन् ।

गल्याङबासीहरुको पहिलो रोजाईमा रहेका युवाहरु माझ चर्चित गुरु प्रसाद भट्टराई बिद्यार्थी राजनिती बाट आफ्नो राजनितिक यात्रा सुरु गरेका हुन । स्नातक सम्मको अध्ययन पूरा गरेका गुरु प्रसाद भट्टराई पढेलेखेका नेतृत्वको रुपमा रहेका छन् । नेपाल बिद्यार्थी संघको क्षेत्रिय अध्यक्ष, जिल्ला उपाध्यक्ष जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य र नेपाली काङ्ग्रेस जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै गत जिल्ला अधिबेशन बाट सर्वधिक मत सहित जिल्ला सचीव निर्वाचित भएका हुन् । युवाहरुको माग यो पटकको गल्याङ नगरपालिकाको मेयरमा गुरुलाई नै टिकट दिनु पर्छ भन्ने माग रहेको छ ।गरु भट्टराईले टिकट पाएमा काङ्ग्रेसले सजिलै जित प्राप्त गर्ने स्थानियको धारणा रहेको छ ।

यस्तै दोस्रो रोजाईमा रहेका बर्तमान वडा नम्बर ३का अध्यक्ष महेश भट्टराई गरिबका नेता भनेर नगरमा परिचित छन् । तरुणदल बाट आफ्नो राजनितिक यात्रा सुरु गरेका महेश भट्टराई तरुणदलका क्षेत्रिय अध्यक्ष, जिल्ला सचीव हुँदै नेपाली काङ्ग्रेस क्षेत्रिय सचीव र गत प्रदेश क्षेत्रिय अधिबेशन बाट स्याङ्जा क्षेत्र नम्बर २ ख का क्षेत्रिय सभापती निर्वाचित भएका हुन् । नगरपालिकाको कार्यलय रहेको वडामा गत निर्वाचनमा नेतृत्व हत्याउन सफल भट्टराई गल्याङ नगरपालिकाको मेयरका बलिया दाबेदार हुन् । नगरमा पार्टिको बीउ जोगाउन सफल भएकाले महेश पनि जितको सम्भावना भएका नेता हुन् ।

पाटी पङ्तिमा उमेदवारको रुपमा चर्चामा आएका अर्का ब्याक्ती बर्तमान नगर सभापति स्याम प्रसाद बस्याल हुन ।गल्याङमा स्थानिय ब्यापार संगै गरिमा बिकास बैकको संचालक समिती अध्यक्ष समेत रहेका बस्यालको राजनितीक ईतिहास स्वस्थ भने छैन। यस अगाडि नेकपा माओबादी प्रवेश गरेर मावोबादीका नगर स्तरिय नेताका रुपमा देखा परेकाले बस्याललाई कार्यकर्ताले बिस्वास नगर्ने देखिएको छ । कार्यकर्ताहरु बस्यालले मेयरको टिकट पाएमा बनेको संगठन पनि भत्कने चिन्ता ब्याक्त गरेकाछ्न् । ब्यापारमा सफल ब्यक्तित्व बस्याल राजनितिमा भने असफल र कार्यकर्ताले बिस्वास गर्न नसकेका नेता हुन् ।

अर्को दाबेदारको रुपमा नेपाली काङ्ग्रेस नगरसभापतिको चुनावमा हालका अध्यक्षसंग प्रतिस्पर्धामा उत्रिएकै कारण अन्य वडा अध्यक्षको तुलनामा उनको सम्भावना रहेको छ । नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारले जितेका ४ मध्य एक वडा अध्यक्ष हरि खनाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार