चुरामणी तिमिल्सिना
असोज-१६, गुल्मिको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ मा एक कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौको ग्रान्डी अस्पतालमा उपचारको क्रममा आज दिउँसो संक्रमितको मृत्यु भएको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का अध्यक्ष राम लाल बिकले बताउनु भयो। ७५ वर्षीय ज्येष्ठ नागरिकमा ११ दिन अगाडी कोरोना संक्रमणको पुष्टि भएको थियो। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा बसोबास गर्दै आउनु भएका गुल्मी थोर्गाका जेष्ठ नागरिक ११ दिन अगाडि देखि बिरामी भएको परिवारले जानकारी दिएको छन्। बिरामी भएको केही दिनमा उनलाई रिडीको प्राथमिक स्वास्थ्य चौकी , बुटवलको कोरोना विशेष अस्पताल हुँदै थप उपचारका लागि काठमाडौको ग्रान्डी अस्पतालको आइसोलेसनमा उपचारको लागि पुर्याइएको परिवारले जनाएको छ। रुरु क्षेत्र गाउँ पालिकामा कोरोना संक्रमणको कारण पहिलो पटक १ जनाको निधन भएको हो। हाल सम्म रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ मात्रै २९ जनमा कोरोना संक्रमणको पुष्टि भएको वडा अध्यक्ष राम लाल बिकले बताउनु भयो। साथै रिडि बजारका पसलहरु नेपाल सरकारले तोकेको स्वास्थ्य माप-दण्ड पूरा गरि १८ गते बाट खुल्ने बताउदै होटल तथा रेस्टुरेन्टलाई २४ गते सम्म बन्द गरिएको बिकले जानकारी दिनु भयो ।
Discussion about this post