गण्डकी प्रदेशमा २६ जना कोरोना संक्रमित थपिए

32
SHARES
188
VIEWS

गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, बाग्लुङका ८, लम्जुङका ४, नवलपरासीका ३ ,पर्वतका एक र कास्कीका एक गरी २६ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

लम्जुङ र बाग्लुङमा कोरोना पुष्टि भएका तीन जना सुरक्षाकर्मी हुन् भने एक जना पालिकामा कार्यरत कर्मचारी हुन् । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या एक हजार ९ सय ७८ पुगेको छ । निको हुनेको दर ८४ दशमलव २१ प्रतिशत रहेको पनि गण्डकी प्रदेश सरकारले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार