प्रोटिनले शरीरको मांसपेशीलाई बलियो बनाउनुका साथै मानिसलाई सक्रिय रख्न उर्जा पनि दिन्छ । प्रोटिनको राम्रो स्रोत अण्डा, मासु, माछालाई मानिन्छ । तर, शाकाहारीका लागि यी खानेकुरामा पाइने प्रोटिनको कुनै अर्थ छैन् ।
शाकाहारीलाई प्रोटिनको कमी हुनसक्ने बारेमा चिकित्सकहरुले पनि चिन्ता प्रकट गरिरहेका हुन्छन् । शरीरलाई चाहिने आवश्यक प्रोटिन शाकाहारीले कसरी पाउन सक्छ ? शाकाहारीले पनि माछामासु खाने मानिस सरहकै प्रोटिन पाउने अनेकौं खानेकुरा छन् ।
हामी आज पर्याप्त प्रोटिन पाइने शाकाहारी खानाका बारेमा चर्चा गर्दैछौं ।
दाल
भोजनमा दैनिक खाइने दाल प्रोटिनको राम्रो स्रोत हो । शाकाहारीले प्रोटिनका लागि नियमति दाल खानु राम्रो हुन्छ । एक कप पकाएको दालमा १७.८६ ग्राम प्रोटिन पाइन्छ । यसमा पोटासियम, फाइबर र फोलेट पनि उच्च हुन्छ ।
चना
चना पनि प्रोटिनको राम्रो स्रोत हो । एक कप पकाएको चनामा १४.५३ ग्राम प्रोटिन पाइन्छ । शाकाहारीले आफ्नो खानामा चनालाई पनि समावेश गर्दा प्रोटिनको कमी हुन पाउँदैन । प्रोटिनसँगै यसमा कार्बोहाइड्रेट, अनस्याचुरेटेड फ्याटी एसिड जस्ता पोषक तत्वहरू पनि हुन्छन् । चनालाई तरकारी, सुप, सातु, पिठो वा दालको रुपमा पनि खान सकिन्छ ।
बदाम
शाकाहारीले प्रोटिनका लागि बदम खानु पनि उपयुक्त हुन्छ । आधा कप बदममा करिब १६.५ ग्राम प्रोटिन प्राप्त हुन्छ ।
मुंग
मुंगमा फलाम र फाइबर संगै राम्रो मात्रामा प्रोटीन हुन्छ । एक कप उमालेको मुंगमा करिब १४.१८ ग्राम प्रोटिन पाइन्छ । यसलाई खाजाको रुपमा बिहान खाँदा शरीरलाई धेरै फाइदा हुन्छ ।
गेडागुडी
राजमा, सिमी वा विभिन्न प्रकारका गेडागुडीमा प्रोटिन पनि प्रशस्त मात्रामा पाइन्छ । एक कप गेडागुडीमा १२ देखि १५ ग्राम प्रोटिन हुन्छ । साथै, यी गेडागुडीमा पोटासियम, फाइबर र आइरन पनि राम्रो मात्रामा हुन्छ ।
Discussion about this post