गाउँ पालिकाको मुख ताक्न छोडेर काममा जुट्दै स्याङ्जा सटुकाका युवाहरु:

198
SHARES
109
VIEWS


जि.के. पाण्डे (भदौ -११) गाउँका युवाहरु सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटेका छन् । विगतमा गाउँघरमा स्थानीयको सहभागितमा निःशुल्क हुने अधिकांश काम अहिले स्थानीय सरकारले बजेट विनियोजन भएपछि मात्र हुने गरेको छ । जसका कारण आफ्नो घरगाउँ वरपर गर्नु पर्ने स–साना कामको लागि पनि सरकारको मुख ताक्ने बानि परिसकेको छ । तर स्याङ्जाको कालीगण्डकी गाउँ पालिका सटुकाका युवाहरु सरकारको मुख ताक्न छोडेर काममा जुटेका छन् । गाउँपाकिाको वडा नम्बर ३ का युवाहरु सामाजिक काम गर्न सक्रीय भएका हुन् । कालीगण्डकी गाउँ पालिकाको वडा नम्बर ३ सटुका स्थित युनाइटेड युथ क्लबका युवाहरुले वर्षातको पानीले बिगारेको मोटर बाटो सटुका देखि रानिमहलसम्म जाने बाटो मर्मत गर्न सक्रीय भएका हुन् । बाटोमा हिड्न पनि नमिल्ने भएपछि क्लबका युवाहरुले मर्मत गरेका हुन । नेपालकै प्रसिद्ध स्थान रानीमहललाई जोड्ने बाटो लाई युवाहरुको सक्रियतामा फराकिलो र हिड्नको लागि सुरक्षित बनाइएको छ। यो बाटो गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को पाल्पा जिल्लालाई जोडेको छ। र यो सँगै २ प्रदेशलाइ जोड्ने यो सडक खुलाउने तर्फ स्थानीय सरकारको यथासिघ्र पहल हुनुपर्ने देखिन्छ। जे कामको लागि पनि गाउँ पालिकाकै मुख ताक्ने प्रबृत्ति लाई युवाहरुले राम्रो पाठ सिकाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार