फागुन -२५
चुरामणि तिमिल्सिना। पाल्पाको अर्गलीमा पोषणयुक्त सामग्री वितरण गरिएको छ । तानसेन नगरपालिका वडा नं १४ अर्गलीमा रहेका सुनाैलाे हजार दिनका बालबालिका तथा सुत्केरी महिलाहरूलाई पाेषणका लागि लिटो अन्डा झन्डै १६० जनालाई वितरण गरिएको हो।
वडाले ग्रामीण भेगका युवाहरुलाई लक्षित गर्दै साथै साबिकका नाै वडमा रहेका दर्ता वाला क्लव हरूलाई क्लवकाे माग अनुसार वाड कार्लयबाट खरीद गरि खेलकुद सामग्री भलिबल ,फुटबल, नेट, किर्केटबल, ब्याट-ब्याटमिन्टन लगायत खेलकुदका विभिन्न सामाग्री बितरण गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले जानकारी दिनु भयो ।
सामग्री वितरण गर्दै अध्यक्ष रानाले हरेक महिला हरुकालागि स्वास्थ्य पोषणमा कमि भएमा बालबालिका राम्रो नहुने र आमाको स्वास्थ्य अवस्था पनि बिग्रन सक्ने भएकोले समयमानै स्वास्थका मापदण्ड अनुसार तागतिला र स्वास्थ ब्रधक खाने कुरा खानआग्रह गर्नु भयो। यस्तै वडा सदस्य बिष्णु रेग्मीले आफ्नो वडालाई खेलकुदबाट पहिचान गराउन सकिने भएकोले खेलकुदका क्षेत्रमा पनि आफ्नो पाँच बर्ष कार्यकाल रहदा वडाको बजेटबाट सामग्रीहरु वितरण गरिएको बताउनु भयो। कार्यक्रममा वडा सदस्यहरु क्लबका प्रतिनिधिहरु सामाजिक अभियनताहरु स्वास्थ्य कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो।




















Discussion about this post